Connect with us
Kapilvast Forest

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएर थप्ने तयारी

२०७८, ३० जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं – काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । जेठ मसान्तसम्मका लागि तोकिएको निषेध गर्ने आदेशको समय सकिन लागेकाले थप निर्णय गर्न आइतबार प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले संयुक्त बैठकबाट निषेधाज्ञाको विषयमा टुंगो लगाइने बताउनु भयो ।

कोरोना संक्रमणको दर घटे पनि जोखिम घटिनसकेको भन्दै एक साता निषेधाज्ञा थप्ने प्रमुख जिल्ला अधिकारीहरुको तयारी छ । तर निषेधाज्ञाका प्रावधानहरुलाई चाहिँ खुकुलो बनाउने विषयमा छलफल भइरहेको छ ।

‘जनजीवनलाई सहज बनाउँदै लानुपर्ने’ भएकाले निश्चित क्षेत्रलाई खोल्दै लैजाने प्रमुख जिल्ला अधिकारीहरुले तयारी गरेका हुन् । गृह प्रशासनले असार पहिलो साताबाट सवारीसाधनसमेत जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिने तयारी गरेको थियो । तर स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले त्यसमा असहमति जनाएका छन् ।

‘हुन त छलफल सकिएको छैन, यद्यपि यातायातको विषयमा कुनै निर्णय नहोला,’ काठमाडौंका सीडीओ पराजुलीले भने । तर खाद्यान्नका पसल खोल्ने समय बढाउने विषयमा सीडीओहरु एकमत छन् । त्यस्तै, अन्य व्यवसायलाई पनि बार अनुसार खोल्न दिने विषयमा छलफल भइरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार कृषि सम्बन्धी कार्यलाई सहजीकरण गरिदिने तयारी छ । ‘मल, बिउबिजन ल्याउनुपर्ने समय छ, ती क्षेत्रहरुलाई सहजीकरण हुनेछ,’ दाहालले भन्नु भयो ।

गृहमन्त्री खगराज अधिकारीले केही दिनअघि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिँदै विकास निर्माणका गतिविधिलाई अघि बढाउन सहजीकरण गर्न निर्देशन दिइसक्नु भएको छ ।

काठमाडौं उपत्यकामा प्रशासनले निषेधाज्ञा लगाएको डेढ महीना नाघिसकेको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमबारबाट सकिंदै छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu