Connect with us
Kapilvast Forest

दिल्ली जानुअघि झलनाथकाे आह्वान : पार्टी फुट्नबाट जाेगाऔँ

२०७८, २ असार बुधबारमा प्रकाशित

काठमाडौं– उपचारका लागि भारतकाे दिल्ली जानुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशकाे बिथाेलिएकाे वर्तमान राजनीतिक अवस्थाले आफूलाई धेरै चिन्तित बनाएकाे बताउनुभएकाे छ । राजनीतिक दलकाे विवाद र ध्रुवीकरणले विभाजनतिर लागेकाे र त्यही अन्तरसङ्घर्षकाे पराकम्पन नेकपामा परेकाे उहाँले बताउनुभयाे ।

नेता खनालले राष्ट्रिय एकता-अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रूपमा रहेका दलहरूभित्र यस्तो हुनु देश, नागरिक, लोकतन्त्र, विकास र समृद्धिका लागि दुर्भाग्यपूर्ण अवस्था भएकाे बताउनुभएकाे छ । ‘देशका प्रमुख दलहरू र तिनका नेताहरूबीचको अनावश्यक टकराव, महत्त्वकाङ्क्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्दछ । हामी सबै एकजुट भएर देशका मूलभूत समस्याहरू हल गर्नुपर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहन्छु’, उहाँले भन्नुभयाे ।

नेकपा एमाले सयौँ शहीदकाे बलिदान, हजारौँ योद्धाको रगत र पसिना, कैयौँको प्रवास, जेल, भूमिगत जीवनको सङ्घर्ष, त्याग र तपस्याका कारण सफलताको यो विन्दुसम्म आइपुगेको पनि उहाँकाे भनाइ छ ।

विगतमा सबै मिलेर ठूला–ठूला सफलताहरू प्राप्त गरेको स्मरण गर्दै नेता खनालले रिस, राग, अहङ्कार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रक्रिया अन्तर्गत पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएकाे छ ।

‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्‍याैँ भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौँ । त्यसैले टुट-फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढौँ भन्ने सबैमा आह्वान गर्न चाहन्छु’, उहाँले भन्नुभयाे ।

थापाथलीमा रहेकाे नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहनुभएका नेता खनालको थप उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेकाे एपोलो अस्पताल लान लागिएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu