Connect with us
Kapilvast Forest

एमालेले सरकारलाई भन्यो : विपत्तिमा परेकाहरुको तत्काल उद्धार गर

२०७८, २ असार बुधबारमा प्रकाशित

pardip-gyawali.jpg

काठमाडौं – नेकपा एमालेले प्राकृृतिक विपत्तिमा समस्यामा परेकाहरुको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस विज्ञप्ति जारी गरी विपत्तिमा तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, मृतकका परिवारका लागि राहत उपलब्ध गराउन, वेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारलाई आग्रह गर्नु भएको हो ।

 

एमालेले सरकारले हालै पारित गरेको विपद प्रतिकार्य योजना प्रभावकारी रुपमा कार्यान्वयन गन पनि आग्रह गरेको छ । त्यस्तै विपत्तिको समयमा स्वयंसेवी भावनाका साथ उद्धार र राहत कार्यमा सम्पूर्ण रुपमा परिचालित हुन जनप्रतिनिधि, पार्टी कमिटी र युवा पंक्तिलाई एमालेले आह्वान गरेको छ ।

केही दिनयता लगातारको वर्षापछि देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुवानका घटना हुँदा जनधनको क्षति भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu