Connect with us
Kapilvast Forest

सर्वोच्चको आदेश लोकतन्त्र र संघीयताको पक्षमा : उपेन्द्र यादव

२०७८, ८ असार मंगलवारमा प्रकाशित

काठमाडौं-जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको आदेशबाट लोकतन्त्रको रक्षा भएको प्रतिकृया दिनु भएको छ । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारका २० मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएलगत्तै अध्यक्ष यादवले उक्त प्रतिक्रिया दिनु भएको हो ।

‘प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संविधान, कानून र विधि विधानलाई मिचेर देश सञ्चालन गर्न खोजिहनु भएको थियो तर सर्वोच्च अदालतले त्यो गलत हो, त्यस्तो नगर्नुस् भन्यो’ यादवले भन्नु भयो । उहाँले भन्नु भयो संसारमा कतै पनि संसद विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रावधान छैन, नेपालको संविधानमा पनि त्यो व्यवस्था छैन तर अ‍ोलीले जानीजानी त्यस्तो गर्नुभयो, नेपालको इतिहासमा सबैभन्दा बढी कानुन तथा संविधान मिच्ने काम प्रधानमन्त्री अ‍ोलीले गर्नुभएको छ ।’

सर्वोच्च अदालतको आदेशले नेपाली जनतामा न्यायालयप्रति झन विश्वास बढाएको बताउँदै उनले संसद पुनःस्थापना हुने कुरामा आफू विश्वस्त रहेको यादवले बताउनु भयो । उहाँले भन्नु भयो , ‘प्रधानमन्त्री अ‍ोलीले संविधानलाई मिचेर संसद विघटन गरेका हुन्, हुँदै नभएको कानुनको व्याख्या गरेर संसद विघटन गर्नु भएको हो अब अदालतले त्यसलाई पुनःस्थापना गर्छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu