Connect with us
Kapilvast Forest

ओली कामचलाउ थिए, अदालतले त्यही सम्झाइदिएको हो :संविधानविद् अधिकारी

२०७८, ८ असार मंगलवारमा प्रकाशित

काठमाडौं -संविधानविद् एवं राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली यसअघि नै पदमुक्त सरह भइसकेको भन्दै सर्वोच्च अदालतले त्यसैलाई पुनर्पुष्टि गरेको बताउनु भएको छ ।

संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि अनलाइनखबरलाई प्रतिक्रिया दिंदै अधिकारीले जेठ ७ गते नै प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्दिन भनिसकेको बताउनु भयो ।

‘यो सरकार पहिला नै कामचलाउ थियो, उनले त्यतिबेला थपक्क राजीनामा गरेर बस्नुपर्नेमा संसद् विघटनतर्फ लागे,’ अधिकारीले भन्नु भयो ‘पहिला नै कामचलाउ भएको सरकारले ३–३ उपप्रधानमन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने काम भयो, आज अदालतले त्यसलाई खारेज गरेको छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu