Connect with us
Kapilvast Forest

९७ अर्बको विदेशी लगानी भित्र्याउन लगानी बोर्डको स्वीकृति

२०७८, ८ असार मंगलवारमा प्रकाशित

काठमाडौं – लगानी बोर्डले दुई वटा जलविद्युत परियोजनाका लागि ९७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । मंगबालर प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४७ औं बैठक यस्तो निर्णय गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक सुशील भट्टका अनुसार ५४ करोड अमेरिकी डलर लागत अनुमान रहेको माथिल्लो तमोर जलविद्युत परियोजना (२८५ मेगावाट) र ३३ अर्ब ४१ करोड ४० लाख लागत अनुमानित रहेको तल्लो मनाङ्ग मस्र्याङ्गदी जलविद्युत परियोजना (१३९.२ मेगावाट) का लागि लगानी स्वीकृत गरिएको छ ।

 

यसैगरी झापाको दमकमा निर्माण हुने सार्वजनिक निजी साझेदारी अवधारणामा अघि बढाइएको मुलुककै सबैभन्दा ठूलो नेपाल–चीन मैत्री औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन पनि स्वीकृत गरेको छ । परियोजानको विकासकर्तासँग परियोजना विकास सम्झौताको लागि आवश्यक तयारी गर्न बैठकले लगानी बोर्डको कार्यालयलाई निर्देशन पनि दिएको छ ।

यस्तै संखुवासभामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना (६७९ मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययनका लागि सर्वेक्षण अनुमति पत्र जारी गर्न परियोजना विकासकर्तासँग गरिने समझदारी पत्रको मस्यौदा पनि बैठकले स्वीकृत गरेको छ ।

तमोर जलाशययूक्त जलविद्युत परियोजना (७५६ मेगावाट) को सर्वेक्षण अनुमति प्रदान गर्न देखिएको अस्पष्टता सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको बैठकले बैठकले पश्चिम सेती र एसआर ६ संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्ड समक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

अरुण ३ जलविद्युत परियोजना प्रवेश मार्ग अन्तर्गतमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने प्रकृया अगाडि बढाउन पनि बैठकले बोर्ड निर्देशन दिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu