Connect with us
Kapilvast Forest

नेपाली कांग्रेस शिवराजले प्रसिद्ध र समृद्धनगर बनाउन दियो सुझाब

२०७८, ९ असार बुधबारमा प्रकाशित

कपिलवस्तु-असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाबमोजिम जिल्लाका स्थानीय तह आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् ।

बजेट, नीति तथा कार्यक्रमको तयारी शुरु हुँदै गर्दा कपिलवस्तुका १० स्थानीय तहहरु मध्ये शिवराज नगपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्न सकिने विषयलाई सम्पूर्ण नगरवासी, व्यवसायी, नागरिक समाज, राजनीतिक दललगायतलाई इमेल तथा प्रत्यक्षरूपमा सुझाव माग गरिएको छ । सोहि मागअनुसार सुुझावहरु संकलन भइरहेका छन

सुझावहरु दिइरहेका छन सोहि अनुसार कपिलवस्तु जिल्लाकै प्रसिद्ध र समृद्ध शिवराज नगर निर्माणका लागि भन्दै नेपाली कांग्रेस शिवराज नगर कार्य समितिले शिवराज नगरपालिकाका लागि आर्थिक वर्ष २०७८÷७९ का लागि बजेटमा माग भएका सुझावहरु दिएको छ ।

नेपाली कांग्रेस शिवराज नगर कार्य समितिले वर्ष २०७८÷७९ का लागि बजेटमा माग भएका सुझावहरु-

  • युवा तथा खेलकुद बिकास ।।
  • १-सम्पुर्ण वार्डमा पार्क, खेलमैदान सहित युवाहरूका लागि विविध खेल सामाग्री संगै ,जिम खाना सहितको कवड हल तथा भवन,मैदान निर्माण,
  • २-नगरमा एक क्षेत्रिय स्तरको रंगशाला निर्माण ।
  • ३-युवा स्वरोजगार कार्यक्रम अन्तर्गत स्वरोजगार तथा ब्यवसायिक तालिम,गोष्ठी लाई प्राथमिकतामा जोड दिनुपर्ने ।।
कृषि तर्फ कृषक प्रवर्द्धन ।।
१-नगरका कृषकहरुका लागि धान, गहुँ लगायतका सम्पूर्ण बालीहरुको भण्डारको लागि गोदाम, चिस्यान केन्द्र स्थापना
२-किसानलाई सहुलियत दरमा बीउ बिजन खरिद बिक्री वितरण र उत्पादित बस्तु विक्री वितरणको व्यवस्थाका लागि नगर कृषि खरीद बिक्रीवितरण केन्द्र स्थापना ।
३-कृषि तथा पशुपन्छी जन्य पदार्थ मा आत्मनिर्भरताका लागि कृषि,पशुपन्छी तथा माछामासु जोन कायम गर्दै लगानी संगै सम्पूर्ण व्यवसाय प्रवधन तथा उत्पादन क्षेत्रको रुपमा विकास गर्ने
४–सिचाईका लागि कुलो,नालाहरु निकास तथा संरक्षण गर्ने ।।
५-नगरका कृषक र कृषिका लागि आधुनिक, प्रशिक्षित र प्राविधिक कृषि तालिम,कृषि औजार वितरण ।।
६-कृषि सामाग्री अनुदान वितरणमा व्यवसायीक किसान संगै जीवन निर्वाहका लागि कृषि पेशा गर्नेहरुका लागि अनुदान तथा प्रोत्साहन गर्ने ।।
७- सिचाईका मुहानहरु संरक्षण ।।
शिवराज १ – उमरी गाउँमाथी को जवही मुहान ।।
शिवराज ३,५,४मा रहेको – जवही मुहान साथै सम्पूर्ण वार्डमा रहेका मुहानहरु खोजी,निकास तथा संरक्षण गर्ने ।।
पर्यटन तथा सम्पदा ।।
१-हाम्रा सम्पदा, हाम्रा पहिचान सम्पदाको विकास हाम्रो अभियान अन्तर्गत शिवगढी किल्ला संगै शिवगढी मन्दिर,सोनवागढ मन्दिर,कणेश्वरि मन्दिर,जामिया मस्जिद चन्द्रौटा ,सौनी मजार ,स्वर्गद्वारी धाम शिवराज ३, शिवगढी जाने रमुदहवा र धानखोला फेदि प्रचार प्रसार,प्रवर्द्धन , संरक्षण तथा स्तरउन्नति गर्ने।
२- खरेन्द्रपुर सुपादेउराली मन्दिरको संरक्षण,सुबिधा सम्पन्न बनभोज स्थल निमार्ण तथा स्तर उन्नती गर्ने।
३-खरेन्द्रपुरमा रहेको स्वर्ग द्वारी मन्दिर परिसर संरक्षक ,प्रवर्द्धन ,प्रचारप्रसार तथा परिसर मा रहेको संस्कृत बिधालय ,बिद्यार्थीका लागि गुरु योजना बनाउदै
संरक्षक ,प्रवर्द्धनमा जोड दिने ।।
४-नगरमा भएका सार्वजनिक जग्गाहरु मापन,संरक्षण,तथा प्रयोगमा ल्याउने ।।
५-हिन्दु समुदायका लागि समशान घाट,मुस्लिम समुदायका लागि कब्रस्थान तथा अन्य जात जाति तथा धर्म समुदायका लागि व्यवस्थित र एकीकृत समाधी तथा अन्त्यस्टि स्थान मापन तथा संरक्षणमा जोड दिनुपर्ने ।।
समुदाय ,आवास र बिकास ।।
१- दलित जनजाति, आदिवासी मधेसी ,मुस्लिम, गरिव तथा पिछडिएका समुदायको आर्थिक,सामाजिक विकास र समानता मूलक समाज निर्माणका लागि ठोस योजना निर्माण गर्नुपर्ने ।
२-शिवराज र बुद्धभुमी नगरपालिका को सिमाना मा रहेको गौशाला छिमेकी नगर संग सहकार्य समन्वय गर्दै राष्ट्रिय स्तरकै नमुना गौशाला को रूपमा निर्माण तथा बिकास गर्ने ।
३-नगरमा रहेका खाली जग्गाहरु नगरको मातहतमा दर्ता गरि प्रयोगमा ल्याउने ।
४- अव्यवस्थित, भूमिहीन ,सुकुम्बासी बस्तीहरुलाई एकीकृत बस्तीका रूपमा निर्माण तथा संरक्षण गर्दै छिटोभन्दा छिटो लालपूर्जा वितरणका लागि ठोस पहल गर्ने ।
५-नगरका सम्पूर्ण वडा र नगरलाई समेट्ने गरी रिङ्ग रोड (चक्रपथ)को निर्माणसँगै हराभरा ग्रीन नगरका रुपमा बिकाश तथा निर्माणमा जोडदिने ।
६- शिवराज नगरको मुख्य व्यापारिक केन्द्र चन्द्रौटा बजार क्षेत्रलाई पार्किङ्ग सहितको स्मार्ट सिटिका रुपमा विकास गर्नुपर्ने ।
७- चन्द्रौटा चोकमा आकाशे पुल निर्माण,ठेला गाडा तथा फुटपाथ बेवस्थापन गर्नुपर्ने ।।
८-मालपोत कार्यालय, नापी कार्यालय लगाएतका सम्पुर्ण कार्यालयहरुको स्थायी व्यवस्थापन गर्नुपर्ने ।
९- उज्यालो अभियान लागू गर्दै सम्पुर्ण वार्डहरुका बाटो ,चोक ,प्रतीक्षालयहरुमा सोलार बत्ती जडान गर्नुपर्ने ।।
१०- नगरका ब्यापारीक केन्द्र ,साप्ताहिक हाटबजार लाग्ने स्थानहरु,धार्मिक तथा पर्यटकिय क्षेत्र,यातायात तथा यात्रु बिश्रामकेन्द्रहरुमा पिउने पानी,शौचालय र प्रतीक्षालयहरु
निर्माण गर्नुपर्ने ।।
शिक्षा,स्वास्थ्य र सञ्चार ।।
१-शिवराज नगरमा आई.सि.यु. सहितको एम्बुलेन्स सेवा, शव वाहनको व्यवस्था,
२- १०० वेडको आइसोलेसन, ५० वेडको आई.सि.यु, २५ वेडको भेन्टीलेटर सहितको अस्पताल निर्माणमा जोड ।
३-बालबालिकाको स्याहार भविष्यको आधार नारा साकार ,महिला आधा आकाश आधा हिस्सा, स्वच्छ पर्यावरण शिवराजको आवरण लागु गर्नुपर्ने ।
४-नगरका नागरिककालागि आत्मनिर्भरताका लागि प्राविधिक शिक्षा र प्रशिक्षित शिक्षक व्यवस्था ।
५- सरकारी एवम् सामुदायिक विद्यालयको स्तर उन्नती सँगै नगरमा महत्वपूर्ण बाटाहरुमा सोलार बत्ति जडान, नगर प्रहरीको व्यवस्था । नगर क्षेत्रमा सि.सि.टिभी. जडान गर्नुपर्ने ।
६- सामुदायिक सञ्चारमाध्यमहरु,अस्पताल, सघ- सस्था,तथा निकायका लागि आत्मनिर्भर र कार्यलय,भवन व्यवस्थापन का लागि निस्चितर र एकीकृत कार्ययोजना निर्माणमा जोड ।।
७- कोभिड कोरोना तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै पुर्व तयारीका लागि स्वास्थ्य सामाग्री उपकरणहरु, अक्सिजन सिलिन्डर , लगाएत दक्ष स्वास्थ कर्मी जनशक्ति वृद्धि तथा बेवस्थापन गर्नुपर्ने ।।
८-शिवराज नगरपालिका अन्तर्रगत रहेका सम्पूर्ण सामुदायिक विधालयहरुमा नेपाल सरकारले तोके बमोजिम शिक्षक विधार्थी अनुपातमा शिक्षकहरुको बेवस्थापन तथा पदपूNewर्ति गर्ने ।।
९-सामुदायिक विधालयहरुलाई शैक्षिक गुणस्तर कायमका लागि राजनैतिक पार्टी सरकारी कर्मचारी तथा शिक्षकहरुका सन्ततिहरुलाई अनिवार्य रुपमा सामुदायिक विधालयमा पढाउनु पर्ने नियम तर्जुमा तथा लागू गर्नुपर्ने ।।
१०- सामुदायिक बिधालयहरुको एउटै बिधालय परिसर भित्र अङ्ग्रेजी र नेपाली माध्यमको पठनपाठन र शुल्क लिने व्यवस्थापनको पुर्णत अन्त्य गर्ने। बिद्यार्थी र अभिभावकको माग अङ्ग्रेजी माध्यम भएमा निशुल्क अङ्ग्रेजी माध्यमको पठनपाठन को बेवस्था को निर्धारण र कार्यान्वयन गर्ने ।।
११-वर्तमान समय र अवस्थामा कोभिड-१९ को कारण बिद्यार्थीहरुलाई भौतिक रुपमा उपस्थित भई अध्यापन गर्ने चुनौती भयका कारण नगरपालिका भित्र रहेका विद्यार्थीहरुका लागि ५० प्रतिशत ईन्टरनेट शुल्क छुट संगै रेडियो,टेलिभिजन ,ईन्टरनेट अन्लाईन माध्यमबाट कक्षा बेवस्थापन तथा संचालन गर्नुपर्ने ।।
१२-बिधालय र नगरपालिकामा शैक्षिक गुणस्तर कायमका लागि शैक्षिक गुणस्तर समिति निर्माण गरि शिक्षक,बिद्यार्थी र बिधालय सम्मान तथा प्रोत्साहन कार्यक्रम लागू गर्नुपर्ने ।
विविध ।।
१-निरन्तर हुने बिकास सडक ,पुर्वाधार निमार्णमा दीर्घकालीन बिकास निर्माण र जन्ता प्रत्यक्ष लाभान्वित हुने बिकास मा जोड दिनुपर्ने ।।
३-बजेट निर्माण गर्दा बजेट बैज्ञानिक ,व्यवस्थित र दीर्घकालीन निर्माण मा जोड दिनुपर्ने ।।
४-चुनावी बजेट निर्माण गरि,अल्पकालीन र क्षणिक योजनामा राज्यकोषको दुरुपयोग नहोस् ।।
५-कोरोना (कोभिड-१९) खोप वितरणमा राज्यले तोकेको उमेर समुहका लागि आएको खोप वितरणमा कार्यकर्ता र पहुँचमा भएकाका लागि मात्र वितरण गरिएको ले मापदण्ड अनुसार र राज्यले तोकेबमोजिम वितरण होस।।
६- बजेट निर्माण र वितरण समान ढंगले र सम्पूर्ण वार्डहरुमा बराबर होस ।।
८-नगरका आम नागरिकले नगर र नगरकार्य पालिकाले गर्ने काम कर्तब्य को सम्मान तथा आत्मसात गर्ने वातावरण तथा प्रवृतिको बिकासमा जोड दिनुपर्ने ।।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu