Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीको अहंकारले लोकतन्त्र नै खतरामा:देउवा

२०७८, १० असार बिहीबारमा प्रकाशित

Sher-Bahadur-Deuba-Nepali-Congress.jpg

 

काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनले मुलुकमा लोकतन्त्रमाथि नै खतरा देखिएको भन्दै यसविरुद्ध संघर्षमा उत्रनुपर्ने बताउनु भएको छ ।

बिहीबार विपक्षी दलले गरेको पत्रकार सम्मेलनमा उहाँले आफूले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमाथि गरेको दावीलाई राष्ट्रपतिले अस्वीकार गर्नु भयो लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार गरिएको बताउनु भएको छ ।

 

प्रधानमन्त्रीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णयका कारण संविधान नै संकटमा परेको भन्दै देउवाले अध्यादेशमार्फत शासन चलाउने, न्यायालय, संवैधानिक निकाय र राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने प्रवृत्ति प्रधानमन्त्रीमा देखिएको बताउनु भयो ।

‘कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउनको लागि जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्व तयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएका छन्’ उहाँले भन्नु भयो ।

प्रधानमन्त्रीले सिर्जना गरेको चुनौती पार गर्न आफूहरु संघर्षमा रहेको भन्दै देउवाले आवश्यक परेमा जनपरिचालनसमेत गर्ने बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu