Connect with us
Kapilvast Forest

ओलीले पद छाड्नुपर्दा संविधानलाई नै सिध्याए: प्रचण्ड

२०७८, १० असार बिहीबारमा प्रकाशित

prachanda

काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धन प्रधानमन्त्री फेर्न वा एउटा चुनावका लागि मात्र नभएको बताउनु भएको छ । लामो यात्राका लागि सैद्धान्तिक आधारहरु तय गरेर नै आफूहरु एक ठाउँमा आएको उहाँले बताउनु भयो ।

सम्पादकहरुसँग बिहीबार भएको छलफलमा उहाँले गठबन्धनका तीन आधार प्रस्तुत गर्नु भयो ।

पहिलो, संविधानको रक्षा र समयानुकुल परिमार्जन गर्दै लैजानेदोस्रो, लोकतन्त्रका न्यूनमत मूल्य मान्यताको रक्षा ।

तेस्रो, राष्ट्रियको रक्षा ।

प्रचण्डले यो अवसरवादी नभई लोकतन्त्रवादी र वामपन्थीहरुको गठबन्धन भएको बताउनु भयो । गठबन्धनमा आवद्ध माधवकुमार नेपाल र उपेन्द्र यादव आफ्नो पार्टीमा संघर्ष गरिरहेको भन्दै उहाँले दुबै पक्षलाई परेको अप्ठ्यारोमा सबैले साथ दिने बताउनु भयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै नेताहरु उस्तै भन्ने गरेकोमा असन्तुष्टि जनाउनु भयो । ‘गणतन्त्रको झण्डा उठाउने माधवकुमार नेपाल र बयलगाढाको सिद्धान्त केपी ओली उस्तै उस्तै हो उहाँले भन्नु भयो ।

आफूले सामान्य प्रश्न उठ्दा प्रधानमन्त्री पद छाडेको तथा सहमति अनुसार शेरबहादुर देउवालाई पद हस्तान्तरण गरेको तर ओलीले पद छाड्नुपर्दा संविधानलाई नै सिध्याएको भन्दै प्रचण्डले भन्नु भयो , ‘संविधान बनाउने र संविधान सिध्याउने उस्तै हो

कुर्सीका लागि जे पनि भन्ने, सहमति गर्ने तर पालना केही पनि नगर्ने प्रवृत्ति ओलीमा देखिएको भन्दै उहाँले सबैलाई उस्तै भन्न नहुने तर्क गर्नु भयो ।

सबै उस्तै हुन् भन्दा नेताहरुप्रति जनतामा गलत सन्देश जाने भन्दै प्रचण्डले भन्नु भयो , जमिनबाट उमारौं भनेर उम्रिने होइन, आकाशबाट झारौं भनेर पनि झर्दैन । जस्ता भएपनि हामी नै हौं अहिले । के गर्नुहुन्छ । माओवादी अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको हितमा लड्ने आफूहरुको प्रतिवद्धता भएको समेत बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu