Connect with us
Kapilvast Forest

माओवादीबाट चुनाव जितेर १४ जनप्रतिनिधिको पद गुम्यो

२०७८, ११ असार शुक्रबारमा प्रकाशित

काठमाडौं – नेकपा (माओवादी केन्द्र)बाट चुनाव जितेर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद गुमेको छ । शुक्रबार निर्वाचन आयोगले सूचनामार्फत १४ जनप्रतिनिधिको पद रिक्त भएको जनाएको हो । पद गुमाउनेहरुमा रौतहटका ७ कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना जनप्रतिनिधि रहेका छन् । असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो । पद रिक्त हुनेहरुः

 

 

क्र.सं. पद नाम स्थानीय तह

१. प्रमुख, रिना कुमारी साह मौलापुर न.पा.

रौतहट २. प्रमुख, सियाराम कुशवाहा कटहरिया न.पा. रौतहट

३. उप्रमुख, परनिया देवी देवाही गोनाही न.पा. रौतहट

४.उप्रमुख, गौरिशंकर प्रसाद मैलापुर न.पा. रौतहट

५. उप्रमुख, कान्ति देवी फतुवाविजयपुर न.पा. रौतहट

६.उपप्रमुख, सिमल कुमारी साह माधवनारायण न.पा.

रौतहट ७.उपाध्यक्ष, गितादेवी साह यमुनामाई गा.पा. रौतहट

८. नगर का.पा. सदस्य, सतमीलाल दास ताती लहान न.पा. सिरहा

९. अध्यक्ष, शेष फारुक सम्सी गा.पा. महोत्तरी

१०. उपप्रमुख, छायाँ देवी देवकोटा भजनी न.पा. कैलाली

११. वडाध्यक्ष, भागिरथी विष्ट गौरीगंगा न.पा.–४, कैलाली

१२. वडाध्यक्ष, शर्मानन्द भट्ट गोदावरी न.पा.–१, कैलाली

१३.वडाध्यक्ष, पुरन विसी बर्दगोरिया न.पा.–४, कैलाली

१४. वडाध्यक्ष, सुरेश कुमार थापा चम्पादेवी गा.पा.–७, ओखलढुंगा

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu