Connect with us
Kapilvast Forest

म धोका दिने मानिस होइन, केपी सँग मिल्दिनँ’ : नेपाल

२०७८, १२ असार शनिबारमा प्रकाशित

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई विपक्षी गठबन्धनमै कायम रहनका लागि फकाउने प्रयास तीव्र पारेका छन् ।

एकताको आधार खडा गर्ने क्रममा माधव नेपालले विपक्षी गठबन्धनको साथ छाड्नुपर्ने आवाज एमालेको दुवै समूहबाट उठिरहेको छ । तर यो बेला माधव नेपालले साथ छाडे विपक्षी गठबन्धन अत्यन्त कमजोर बन्ने भएपछि देउवा र दाहाल सार्वजनिक रुपमै नेता नेपालको प्रसंशा गर्न थालेका हुन् ।

आज आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेको रियल लिडर अर्थात वास्तविक नेता माधवकुमार नेपाल नै रहेको बताउनुभयो ।

एमालेभित्र केपी ओली कमजोर बन्दै गएको र माधव नेपाल शक्तिशाली बन्दै गएको भन्दै प्रचण्डले नेता नेपालको जोडदार प्रसंसा गर्नुभयो ।

पत्रकार सम्मेलनमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि एमालेका वरिष्ठ नेता नेपालको प्रसंसा गर्न छुटाउनु भएन । देउवाले माधव नेपाल आफ्ना लडाकू मित्र रहेको बताउँदै कुनै धोका नहुने भन्दै ढाडस दिनुभयो ।

माधव नेपालकै नेतृत्वमा एमाले पार्टी बलियो बन्ने दाबी पनि देउवाले पत्रकार सम्मेलनका क्रममा सुनाउनुभयो ।

पत्रकार सम्मेलनमा नेता नेपालले पनि आफूले विपक्षी गठबन्धनलाई धोका नदिने प्रष्ट पार्नुभयो । देउवालाई हिस्स पार्न आफूलाई प्रधानमन्त्रीको अफर समेत आइसकेको खुलासा गर्दै नेता नेपालले केपी ओलीसँग सहकार्य गर्न नसकिने बताउनुभयो ।

माधव नेपाल धोका दिने मानिस नरहेको बताउँदै उहाँले विपक्षी गठबन्धनमा प्रतिबद्ध रहने बताउनुभयो ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा देउवाले गरेको दाबीमा एमालेका २६ सांसदको हस्ताक्षर थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्त नगरेपछि सर्वोच्च अदालतमा रिट दिँदा पनि एमालेका २३ सांसदले साथ दिएका छन् ।

तर अहिले एमालेमा एकताको प्रयास भइरहकाले विपक्षी गठबन्धन भत्किन सक्ने सम्भावनाकाबीच नेताहरु देउवा–दाहाल र नेपालले एक अर्कालाई धोका नदिने बचन दिएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu