Connect with us
Kapilvast Forest

बालुवाटारमा सुरु भयो एमाले बैठक, नेपाल पक्ष अनुपस्थित

२०७८, १६ असार बुधबारमा प्रकाशित

 

काठमाडौं-नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी गरेको छ।

यसअघि मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीलाई जेठ २ को संरचनामा फर्काउने निर्णय गरेको थियो । सोही निर्णयलाई महाधिवेशन आयोजक कमिटीले अनुमोदन गर्ने भएको हो।

बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई बोलाइएको छैन । गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu