Connect with us
Kapilvast Forest

एमाले केन्द्रीय कमिटीको बैठकमा नेपाल पक्ष नजाने

२०७८, १८ असार शुक्रबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । यद्यपि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह भने यो बैठकमा सहभागी नहुने भएको छ ।

बिहीबार बसेको सो समूहको बैठकले शुक्रबार बोलाइएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै सहभागी नहुने निर्णय गरेको हो । पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेकै स्थितिमा बैठकमा सहभागी हुन नसकिने जनाएको छ ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक कमिटी भंग भरी त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्नु भएको थियो ।

खनाल–नेपाल समूहले एमाले र माओवादी केन्द्रको एकता हुनुभन्दा अगाडिको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आए पनि ओलीले पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएकाले बैठकमा सहभागी नहुने सो समूहको अडान छ ।

ओलीले दशौं महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर त्यसैलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेका छन्, जसमा पूर्वमाओवादीका २० जना सदस्य छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu