Connect with us
Kapilvast Forest

एमालेको बैठकमा बामदेव गौतम सहभागी हुने

२०७८, १८ असार शुक्रबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम सहभागी हुनुहुने भएको छ । अध्यक्ष केपी शर्मा ओली ३ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएकाले बैठकमा सहभागी बालुवाटार गएको उहाँको सचिवालयले जनाएको छ ।

साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले छुट्टै अभियान चलाउँदै आउनुभएको छ । तर अध्यक्ष ओली एमालेकै पार्टी संरचना मान्न तयार भएको भन्दै गौतम बैठकमा सहभागी हुनुहनुभएको हो ।

 

अध्यक्ष ओलीले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वीकारेर बैठकमा सहभागी हुन नेताहरुलाई पत्र पठाउनुभएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार सबैलाई नवौं महाधिवेशनबाट निर्वाचित पदीय हैसियत सम्बोधन गरेर पत्र पठाइएको छ ।

तर यो बैठकलाई अध्यक्ष ओलीले १३औं केन्द्रीय कमिटी बैठक भन्नुभएको छ । नवौं बैठक पछाडिको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu