Connect with us
Kapilvast Forest

चुरे दोहनको विषय गम्भीर छ यसलाई रोकौं :विप्लव

२०७८, १९ असार शनिबारमा प्रकाशित

biplop

 

रुपन्देही-नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चुरे दोहनको विषयप्रति आफ्नो गम्भीर भएको बताउनुभएको छ ।स्थानीय, प्रदेश तथा संघीय सरकारले बनाएका नीति तथा कार्यक्रम र बजेटमा यो विषय जोडिएपछि महासचिव विप्लवले पार्टी नेतृत्वलाई यो विषमा जिल्लागत, स्थानीय तहमा हुने छलफलमा विशेष चनाखो हुन सचेत गराउनुभएको छ ।

उहाँले चुरे दोहन रोक्न स्थानीय सरकार र राज्यले कदम नचाले आफ्नो पार्टीले कठोर कदम चाल्ने चेनावनी दिँदै सबै क्षेत्रमा पार्टीको धारणा पुर्याउन उहाँले निर्देशन दिनुभएको छ ।

जनतालाई सिंहदरबारको अधिकारको नाममा स्थानीय तहमा विकास निर्माणमा भएको अनियमितताप्रति चासो प्रकट गदै महासचिव विप्लवले सबै सचेत नागरिक गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ ।

पार्टी जनताको जनजीविका, राष्ट्रियता, जनतन्त्रको सवालमा दृढ रहेको भन्दै जिल्लावासीका समस्याप्रति गम्भीर रहेको बताउनुभयो ।सो अवसरमा महासचिव विप्लवले स्थानीय सरकार र राज्यले गम्भीर कदम नचाले आफ्नो पार्टीले कठोर कदम लिने चेतावनी दिनुभउको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu