Connect with us
Kapilvast Forest

नेकपा एमाले फुट्न नदिन चन्द्रागिरीका जनप्रतिनिधिको खबरदारी

२०७८, २० असार आईतवारमा प्रकाशित

काठमाडौं  – नेपाल कम्युनिस्ट पार्टी एमाले फुट्न नदिन चन्द्रागिरीका जनप्रतिनिधिहरुले दबाब दिएका छन् । २०७४ सालको पालिकाको निर्वाचनमा चन्द्रागिरी नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिले आज गुर्जुधारा सडकमा बसेर दबाब एवं खबरदारी गरेका हुन् ।

‘समृद्धिका लागि एमालेको अपरिहार्यता, सिङ्गो नेकपा एमाले आजको आवश्कता’ लेखिएको ब्यानरसहित प्रदर्शन गरिएको नेकपा एमाले काठमाण्डौ क्षेत्र नं १० का संयोजक एवं नेकपा एमाले जिल्ला सचिवालय सदस्य हरिभक्त महर्जनले जानकारी दिनुभयो । महर्जन चन्द्रागिरी नगरपालिकाका प्रवक्ता एवं वडा नं ११ का वडा अध्यक्षसमेत हुनुहुन्छ ।

‘यो दबाबले नेकपा एमाले टुटफुट नभइ एकताबद्ध बनाउन र पुष्पलाल, मनमोहन, मदन भण्डारीले देखेको सपना पूरा गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ’, उहाँले भन्नुभयो । चन्द्रागिरी काठमाण्डौ उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा रहेका छन् । चन्द्रागिरीमा पालिकाको निर्वाचनमा उपप्रमुखसहित नेकपा एमालेका ५८ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu