Connect with us
Kapilvast Forest

सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्षको निधन

२०७८, २० असार आईतवारमा प्रकाशित

 

सर्लाही-सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको निधन भएको छ ।
लामो समयदेखि बिरामी पर्नुभएका बर्माको उपचारका क्रममा शनिबार राती मेडिसिटी अस्पताल काठमाण्डौंमा निधन भएको हो ।

रामनगर गाउँपालिका–१, खैर्बा निवासी बर्माको स्वास्थ्यमा समस्या भएपछि असार १४ गते उपचारका लागि काठमाण्डौं जानुभएको थियो ।
६८ वर्षीय बर्मा लामो समयदेखि मुटु, मधुमेह, उच्च रक्तचाप जस्ता रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

बर्माकी श्रीमती सुधा बर्मा समेत बिरामी हुनुहुन्छ । उहाँको मेडिसिटी अस्पतालमै आइसियूमा उपचार भइरहेको नेपाली काँग्रेसका नेता एवं प्रदेश २ का महिला, बा(लबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले गोरखापत्र अनलाईनसँग बताउनुभयो ।

सुधाले एक मात्रै छोरालाई आफ्नो एउटा किड्नी दिनुभएको छ । तीनपटक सम्म साविकको खैर्बा गाविसको अध्यक्ष र अहिले गाउँपालिकाको अध्यक्ष हुनुभएका बर्माको निधनपछि पूरै गाउँपालिका शोकमग्न भएको रामनगर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष एवं बर्माका छिमेकी दिनेश मिश्रले जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu