Connect with us
Kapilvast Forest

केपी ओली र माधव नेपालकाे रिस नमरेसम्म पार्टी एकता सम्भव हुँदैन : नेता गाैतम

२०७८, २० असार आईतवारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताउनुभएको छ ।

राष्ट्रिय सभाको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता गाैतमले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एक–आपसमा रिसाएको र त्याे रिस शान्त नभएसम्म दोस्राे तहका नेताको प्रयास पनि सार्थक नहुने बताउनुभएको हो । आफू भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओलीतिर लागेको र त्यसका लागि दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने ठोकुवा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एकै ठाउँ भएपछि त एकताको आवश्यकता नै पर्दैन नि । दुईतिर/तिनतिर बाँडिएकाहरूलाई नै एकता गराउने हो । अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु । मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ । हलले नै मलाई एकताको प्रयत्न मुख्य कुरा वामदेवले गर्नुपर्छ भन्ने पास गरेको छ । यस्तो बेलामा नआत्तिकन सबै साथीहरूलाई धैर्यधारण गरेर प्रत्यन्त गर्नुहोस् भनेर मैले अरूलाई भनेको छु । म त्यसका लागि प्रयत्नशील छु । लागिरहेको छु । माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओलीजीसँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनुभएको छ । दुई जनाकाे रिस नमर्दासम्म उहाँहरूको मातहतमा रहेका साथीहरूको पनि चिन्ताले काम लाग्नेवाला छैन । म यी दुई जनाकाे रिसलाई कसरी शिथिल बनाउन सकिन्छ भनेर म त्यतातिर लागिरहेको छु ।’

यस्तो अवस्थामा एकता सम्भव छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता गौतमले सम्भव भएको तर त्यो सर्वोच्चको आदेशपछि सम्भव हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एकता सम्भव छ । अहिले सम्भव नहोला । सर्वोच्चको निर्णय आएपछि एकता सम्भव होला भन्ने लागेको छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu