Connect with us
Kapilvast Forest

नेपालसहित २३ सांसदको हस्ताक्षर फिर्ता गर्न एमालेले दिएको अल्टिमेटम आज सकिँदै

२०७८, २१ असार सोमबारमा प्रकाशित

काठमाडौं -नेकपा एमालेले माधवकुमार नेपालसहित पार्टीका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज सकिँदैछ ।

गएको शुक्रवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ताको लागि आज बेलुकी ५ बजेसम्मको अल्टिमेटम दिएको हो । हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिनुभएको छ । तर माधव नेपाल समूहले हस्ताक्षर फिर्ता नगर्ने प्रतिक्रिया दिइसकेको छ ।

ओली र नेपालको अडानका कारण पार्टी एकतालाई टुङ्गोमा पुर्याउने दोस्रो तहका नेताहरुको प्रयास सफल हुन सकेको छैन । पार्टी उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताउनुभएको छ ।

हिजो राष्ट्रिय सभाको बैठकपछि पत्रकारसँगको कुराकानीमा उहाँले दुई जनाको रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास पनि सार्थक नहुने भन्दै दुवैलाई मिलाउन आफू लागिपरेको बताउनुभएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu