Connect with us
Kapilvast Forest

कपिलवस्तु नगरपािलका वडा नम्बर ३ द्धारा बिद्यार्थीहरुलाई झोला बितरण

२०७८, २२ असार मंगलवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तु नगरपालिका वडा नम्बर ३ ले वडामा रहेको एक हजार बिद्यार्थीलाई झोला बितरण गरेको छ । वडामा रहेका ६ बिद्यालय र एक मदर्सामा अध्ययनरत बिद्यार्थीलाई सो झोला बितरण गरिएको हो । वडा कार्यालयमा आयोजित कार्यक्रममा बिद्यालयका प्रअ र शिक्षक मार्फत बिद्यार्थीलाई झोला बितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बुद्धपद्म उमाबिका पुर्व प्रधानाध्यापक शुत्रुघनलाल श्रीवास्तवले यो अभियानले बिदार्थीहरुमा उत्साह थप्ने बताउनु भयो । उहाँले यस्ता रचननात्मक काम जारी राख्नु पर्ने भन्दै बिद्यालय र शिक्षकहरुलाई प्रोत्साहीत हुने काम गर्नू पर्ने बताउनु भयो ।

सो अवसरमा वडाध्यक्ष प्रकाश गरुेले खासगरी सरकारी बिदालयको अवस्था सुधार गर्न यो कार्यक्रम राखिएको बताउनु भयो । यो अभियानलाई जारी राख्ने भन्दै उहाँले केही दिन मै थप झोलाहरु समेत बाडिने उहाँले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu