Connect with us
Kapilvast Forest

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी अबरुद्ध

२०७८, २४ असार बिहीबारमा प्रकाशित

नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन – गएराति आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

सेतीदोभान भन्ने ठाउँमा पहिरो आएर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । पहिरो खुलाउने प्रयास भइरहेको उनको भनाइ छ ।

 

सडक अबरुद्ध हुँदा सवारी साधनहरूको लामो लाइन रातिदेखि नै लागेको छ । प्रहरीले सकेसम्म नारायणगढ–मुग्लिन सडकको सट्टा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न अनुरोध गर्दै आएको छ ।

सेती दोभानमा पटक–पटक पहिरो आएर सडक बन्द हुँदा यात्रुहरुले सास्ती पाएका छन् । माथिबाट लेदोसहित ठुलठूला ढुंगाहरू झरेर सडक अबरुद्ध हुने गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu