Connect with us
Kapilvast Forest

देउवाले बोलाएद्वारा कांग्रेस पदाधिकारी बैठक आवहान

२०७८, २८ असार सोमबारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाउनुभएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार मंगलबार बस्ने गरी पदाधिकारी बैठक बोलाइएको छ।

१४ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने उनले जानकारी दिनुभयो ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भनेको छ। त्यसका लागि असारभित्रै क्रियाशील सदस्यताबारेका विवाद समाधान गर्नुपर्नेछ।

रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले पाँच हजार उजुरीमाथि छानबिन गर्दै अन्तिम सूची छपाइ गर्ने कामलाई जारी राखेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu