Connect with us
Kapilvast Forest

संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात : शङ्कर पोखरेल

२०७८, २८ असार सोमबारमा प्रकाशित

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमाले नेता शङ्कर पोखरेलले सर्वोच्च अदालतको आदेशबाट संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुगेको टिप्पणी गर्नुभएको छ ।

अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात । सुदूर भविष्यसम्म नेपाल र नेपाली जनले अस्थिरताको दुश्चक्र बेहाेर्नुपर्ने भयाे ।

 

सर्वाेच्च अदालतले साेमवार प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै सर्वाेच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेकाे हाे ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभा पुनर्स्थापना गर्न पनि आदेश दिएको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu