Connect with us
Kapilvast Forest

स्वास्थ्य मापदण्ड अपनाउँदै इद मनाउन प्रधानमन्त्रीको आग्रह

२०७८, ६ श्रावण बुधबारमा प्रकाशित

   काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गर्नु भएको छ ।

उहाँले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गर्नु भयो ।

कोभिड(१९ को महामारीका कारण हाम्रा सामाजिक र सांस्कृतिक धरोहरका यस्ता पर्वहरू सबैले सँगै बसेर हर्षोल्लासका साथ मनाउन कठिनाइ भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कोभिड(१९ को प्रभाव नपरोस् भनी स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगताका साथ मनाउन सबैमा अनुरोध गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावारणलाई अझ मजबुत बनाउन सहयोग गरोस् भन्ने कामना गर्नु भएको छ ।

यता नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले पनि शुभकामना सन्देश जारी गर्नु भएको छ । नेपाल जस्तो बहुधार्मिक र बहुसांस्कृतिक देशका लागि यस्ता पर्वहरू आफैंमा निधि भएको भन्दै नेता नेपालले यसले पारस्परिक सम्मान, मेलमिलाप, भ्रातृत्व र सामाजिक सदभावको विकास गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu