माधव नेपालले एमाले छोडे हाम पुत्ला जलाउँदैनौं, सम्मानजनक बिदाई गर्छौं : महेश बस्नेत
काठमाडौं-नेकपा एमालेको ओली पक्षका नेता महेश बस्नेतले माधव नेपालले विधि पध्दति नीतीको कुरा गर्ने हो भने एमाले छोडेर जान सक्ने बताएका छन। उनले तर एमालेमा बसेर एमालेको हित विपरित काम गर्न नपाईने स्पष्ट पारेका छन। उनले माधव नेपाल एमालेमा बस्न नचाहेर एमाले छोडे पुत्ला नजलाईने उल्लेख गरेका छन। उनले सामाजिक सन्जालमा लेखेका छन –
माधव नेपाल नीति र विधिको कुरा गर्नुहुन्छ । म उहाँलाई अनुरोध गर्न चाहान्छु , साँच्चिकै विधि, पध्दति र नीतिको कुरा गर्ने हो भने तपाईं एमाले छोडेर जान सक्नुहुन्छ। तर एमालेमै बसेर एमालेको हितविपरित काम गर्न पाउनुहुन्न । तपाईं एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले छोड्नुहोस्, हामी पुत्ला जलाउँदैनौं । तपाईंलाई सम्मानजनक तरिकाले बिदाई गर्छौं ।