Connect with us
Kapilvast Forest

माओवादी स्थायी समिति बैठक जारी

२०७८, ६ श्रावण बुधबारमा प्रकाशित

 

काठमाडौं-नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा सवा २ बजेबाट सुरु भएको हो । स्थायी कमिटी सदस्य वर्षमान पुनका अनुसार बैठकमा प्रभावकारी सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तार र पार्टीको संगठनात्मक विषयमा छलफल हुनेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सञ्चालनका लागि साझा कार्यक्रम बनाउनुपर्ने प्रस्ताव अघि सार्दै आएका छन् । त्यसबारे समेत माओवादी केन्द्रको बैठकमा छलफल हुने बताइएको छ ।

माओवादी नेताहरुका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकाले पार्टीका तर्फबाट पठाउने मन्त्रीका नामबारे समेत छलफल हुने छ । सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि २९ मा प्रधानमन्त्रीसँगै काँग्रेस र माओवादीका दुई–दुई मन्त्री बनेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,