Connect with us
Kapilvast Forest

अमेरिकाद्वारा अफगान शरणार्थीका लागि दश करोड डलर सहयोगको घोषणा

२०७८, ९ श्रावण शनिबारमा प्रकाशित

 

काठमाडौं- अमेरिकी राष्ट्रपति जोइ बाइडेनले आपातकालीन कोषबाट अफगान शरणार्थीका लागि दश करोड अमेरिकी डलर सहयोगको स्वीकृति दिनुभएको छ । व्हाइट हाउसका अनुसार अमेरिकाले घोषणा गरेको उक्त सहयोग रकम अफगान शरणार्थीको रेखदेखमा खर्च गरिनेछ ।

अमेरिकाले तालिबानको जोखिममा रहेका अफगानलाई अमेरिका लग्ने तयारी गर्दैछ । जस अनुसार ‘विशेष अध्यागमन भिसा’को ब्यवस्था गरिएको छ । अफगानिस्तानबाट पहिलो लटका जोखिम अफगान नागरिक जुलाई महिनाकै अन्त्यसम्म अमेरिका लगिनेछ । उनीहरुलाई अमेरिकाको भर्जिनियास्थित फोर्ट ली सैन्य शिविरमा राखिने अलजजिराले उल्लेख गरेको छ ।

यसअघि, शुक्रबार मात्रै व्हाइट हाउसले तालिबानले लक्षित गरेका आठ हजार अफगानलाई अमेरिका ल्याउन सकिने गरी ‘विशेष अध्यागमन भिसा’ जारी गर्ने निर्णय गरेको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu