Connect with us
Kapilvast Forest

फफुरीमा अनलाइन वक्तृत्वकला सम्पन्न, रुजु र अभिषेक प्रथम

२०७८, ११ श्रावण सोमबारमा प्रकाशित

चन्द्रौटा,शिव कुमार बेल्बासे-कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा रहेको फफुरी इङलिस बोर्डिङ स्कुले जुम एप्लिकेसन मार्फत वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। कोरोना भाइरस(कोभिड १९)ले शिक्षामा पारेको सकारात्मक र नकारात्मक प्रभाव शीर्षकमा कक्षा१देखि १०सम्म इच्छुक विद्यार्थीबीचमा शुक्रबार र आइतबार गरि दुई चरणमा सम्पन्न गरेको छ।

७० जना सहभागी मध्ये आफूलाई अब्बल सावित गर्दै आधारभूत तह १(५ मा कक्षा३कि रुजु गैरे प्रथम,कक्षा ४कि एलिना बेल्बासे द्वितीय ,कक्षा ४कि जेसिका गिरि तृतीय र कक्षा ४का उज्ज्वल पन्तले सान्त्वना स्थान हासिल गरेकाछन् त्यस्तै ६ देखि१० मा कक्षा १०का अभिषेक गुप्ता प्रथम ,कक्षा७कि सुप्रिया बिष्ट द्वितीय ,कक्षा९कि यमुना पासी तृतीय र कक्षा ६कि प्रतीक्षा खनाल सान्त्वना भएका छन् ।

प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई बधाई तथा सहभागीलाई सान्त्वना दिदै भौतिक रुपमा विद्यालय खुलेपछि उत्कृष्ट ४ जनालाई नगद पुरस्कारले सम्मान गरिने विद्यालयका प्रिन्सिपल रामकुमार भट्टराईले बताउनुभयो ।

कोरोना भाइरसले गर्दा भौतिक रुपमा विद्यालय सञ्चालन हुन नसकेको अवस्थामा पनि निरन्तर अनलाइन कक्षा सञ्चालन गरेका छौँ ,उत्साहजनकरुपमा७००भन्दा बढी विद्यार्थीको उपस्थिति छ,अभिभावकको पनि राम्रो साथ पाएका छौँ । यस अवस्थामा पढाइका साथै विद्यार्थीको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्न अनलाइन मार्फत वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल भट्टराईले बताउनुभयो ।


त्यस्तै अतिरिक्त क्रियाकलाप दैनिक जीवनसँगै जोडिने हुनाले पढाइका अतिरिक्त अन्य रचनात्मक क्रियाकलाप पनि महत्त्वपूर्ण ठान्दै पहिलो पटक अनलाइन मार्फत यो कार्यक्रम गर्दा पनि विद्यार्थीहरुको उत्साहजनक सहभागीता नै सफलता भएको शिक्षिका देविका गैरेले बताउनुभयो ।
कोरोना भाइरसको यस विषम परिस्थितिमा पनि विज्ञान र प्रविधिसँगै जोडिएर अनलाइन कक्षा सञ्चालन गरेको यो विद्यालय विगतका वर्षहरुमा पनि विद्यालय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा नगरपालिकामा आफ्नो पहिचानलाई अब्बल बनाउन सफल भएको मानिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu