Connect with us
Kapilvast Forest

बुद्धभूमिले बाड्यो १० वटै स्वास्थ्य चौकीलाई कम्प्युटर र प्रिन्टर सेट

२०७८, १२ श्रावण मंगलवारमा प्रकाशित

कपिलवस्तु –कार्यालयलाई पेपरलेस बनाउन बुद्धभूमिमी नगरपालिकाले नगरक्षेत्रमा रहेका १० वटै स्वास्थ्य चौकीलाई कम्प्युटर सेट र एक एक थान प्रिन्टर प्रदान गरेको छ ।

बुढ्ढीमा आयोजित कार्यक्रममा स्वास्थय चौकीका प्रमुखलाई सो सामान हस्तान्तरण गरिएको हो । नगर प्रमुख केशव कुमार श्रेष्ठ, उप प्रमुख मीरा थारू तथा निमित्त. प्रमुख प्रशासकीय अधिकृत राजन कुमार पोखरेलले सो सामाग्रीह संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको हो ।

सो अवसरमा मेयर श्रेष्ठले संचार तथा कार्यालय व्यवस्थापन सामाग्रीले कार्यालयको काममा अरू बढी गतिशीलता ल्याउने बताउनु भयो । उहाँले स्वास्थ्य चौकीमा पेपरलेस अवधारणालाई मूर्तरूप दिन सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममाकै बिच बुद्धभूमि नगर बासी अतिबिपन्न तथा पिछडिएको समुदायका प्राविधिक शिक्षा अध्ययन गर्ने छात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । सो कार्यविधि २०७८ बमोजिम नगरपालिका ३ रनगाईमा स्थानी बसोबास गर्ने छात्रा सस्मिता चौधरी र वडा नम्बरं १० , बिजगौरीमा स्थायी बसोबास गर्ने साहिन खानलाई ३० हजारका दरले छाबबृत्ति प्रदान गरिएको थियो ।

नगर प्रमुख तथा उप प्रमुखले छात्रवृत्ति हस्तान्तरण गनु्ृ भएको थियो । उक्त छात्रवृति प्राप्त गर्ने छात्राहरूले लगातार प्रति वर्ष ३० हजारका दरले रकम प्राप्त गर्ने नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu