Connect with us
Kapilvast Forest

टोकियो ओलम्पिकमा एलेक्सले बनाए राष्ट्रिय कीर्तिमान

२०७८, १२ श्रावण मंगलवारमा प्रकाशित

 

काठमाडौं- जापानमा जारी टोकियो ओलम्पिकमा पौडीका एलेक्जेन्डर शाह (एलेक्स) ले राष्ट्रिय कीर्तिमान बनाएका छन् । टोकियो एक्वेटिक सेन्टरमा मंगलबार एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका हुन् । एलेक्स आफ्नो हिट–१ मा शीर्ष स्थानमा रहे । ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका थिए ।

 

एलेक्सले आफ्नै नामको कीर्तिमान सुधार गरेका हुन् । यस अघि एलेक्सको नाममा ५५.३८ सकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । हिट चरणबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउने छन् । यस स्पर्धामा कुन ७१ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

एलेक्सको अर्को चरणको यात्रा सबै हिट चरणको समाप्तिपछि टुंगो लाग्ने छ । टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडीले सहभागी छन् । अब गौरिका सिंहले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ । गौरिकाको प्रतिस्पर्धा बुधबार रहेको छ । गौरिकाले महिला १ सय मिटर फ्रीस्टाइलमै प्रतिस्पर्धा गर्ने छिन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu