Connect with us
Kapilvast Forest

टोकियो ओलम्पिकमा नेपालकी गौरिकाको प्रतिस्पर्धा आज

२०७८, १३ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं-टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् ।गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाको खेल नेपाली समयानुसार अपराह्न ३:४५ बजे हुनेछ ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् । यस हिटमा ४ खेलाडी छन् । गौरिकासँगै हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

गौरिका १३ औँ सागकी स्वर्ण विजेता हुन् । उनी राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा छिन् ।नेपालबाट यस ओलम्पिकमा सहभागिता जनाएका पाँच खेलाडीमध्ये तीन जना प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

हिजो पुरुषको १०० मिटर फ्रिस्टाइलमा नेपालका एलेक्स शाहले नयाँ कीर्तिमान राखे पनि ओलम्पिकको प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu