Connect with us
Kapilvast Forest

प्रशिक्षक अलमुतैरीद्वारा माफी

२०७८, १८ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं- राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले नेपाली जनतासँग क्षमाको याचना गर्नुभएको छ । दुई साता अघि अखिल नेपाल फुटबल संघ(एन्फा)का वरिष्ठ उपाध्यक्षको कारणले आफू राजिनामा दिन लागेको प्रशिक्षक अब्दुल्लाह अलमुतैरीको अभिब्यक्तिपछि राष्ट्रिय टोलिका प्रशिक्षण समेत प्रभाबित भएको छ । उक्त विवादकै बीच एन्फाका प्रवक्ता किरण राईले सोमबार पदबाट राजिनामा दिनुभएको छ । एन्फाले उक्त विवादबारे छानबीन गर्न युवा तथा खेलकूद मन्त्रालयलाई आग्रह गरेको थियो ।

प्रशिक्षक अलमुतैरीले सामाजिक सञ्जाल फेसबुकमा आफूले गलत मनशायले कुनै पनि अभिब्यक्ति नदिएको भएपनि नेपाली जनता र विशेषगरी फुटबल अधिकारी तथा पूर्ब खेलाडी, प्रशिक्षकसँग क्षमा चाहेको बताउनुभएको छ । करिब एक महिना अगाडि प्रमुख प्रशिक्षक अलमुतैरीले एक अनलाइन मीडियासँग अन्तर्वाताको क्रममा नेपालको बिगत्को खेलाडी र प्रशिक्षकको आलोचना गर्नुभएको थियो । साथै उहाँले नेपाली फुटबलको गएको तीन दशकको लेखाजोखा गर्नुभएको थियो ।

अलमुतैरीले आफू कसैप्रति पूर्बाग्रही भएर अन्तर्वातामा टिप्पणी नगरेको बताउनुहुँदै नेपाली फुटबल र नेपालको फुटबल यात्रालाई आफूले गर्वको रुपमा लिएको उल्लेख गर्नुभएको छ । नेपाली टोलिप्रति आफ्नो ठूलो सम्मान रहेको उहाँले बताउनुभएको छ ।

वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ्गसँगको विवादको विषय प्रमुख प्रशिक्षक अलमुतैरीले सार्वजनिक गरेदेखि प्रशिक्षणमा फर्किनुभएको छैन् । राष्ट्रिय फुटबल टोलि हाल एशियाली फुटबल कपको अन्तिम चरणको छनोटको तयारीमा रहेको छ । नेपालले आगामी अक्टोबर महिनामा दक्षिण एशियाली फुटबल च्याम्पियनशीप(साफ)को आयोजना गर्दैछ । प्रतियोगिताको आयोजनाको तयारीसँगै खेलाडीको प्रशिक्षण समेत प्रभाबित बन्दै गएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu