Connect with us
Kapilvast Forest

पूर्वकप्तान खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

२०७८, १९ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं-नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनु भएको छ। आज समाजिक सञ्जालमा एक विज्ञप्ति निकाल्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गर्नु भएको हो ।

सन् २००२ मा १५ वर्षको हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरु साथी खेलाडीहरु, प्रशंसकहरु, सरोकारवालाहरु, मिडियाकर्मी, मेरो परिवार र साथीहरुप्रति म सदैव ऋणी रहने छु, खड्काले लेख्नु भएको छ ।क्रिकेटरका रुपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उथ्थानका लागि सदैब आफ्नो भुमिका निर्वाह गरेँ।

उहाँले अगाडी लेख्नु भएको छ मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नती हो।तर यसका लागि सम्पुर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ। इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्यपनि एउटा नयाँ उचाइमा पुर्‍याउने छौ।

अन्तर्राष्ट्रिट क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ। तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै पनि बामे सर्दैछन्।ु खडका सन्यासको घोषणा गर्दै ले ख्नु भएको छ । मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा म सँग रहनेछन्। हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौं भन्ने विश्वास लिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu