Connect with us
Kapilvast Forest

ओली पथमै देउवा

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं -संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री शेरबहादुर देउवापनि अध्यादेशतर्फ लागेका छन् । निवर्तमान प्रधानमन्त्री केपी ओलीले अध्यादेशको बलमा शासन चलाएको भन्दै आलोचना गरेका दलहरु सम्मिलित गठबन्धन सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको गृहकार्य सुरु गरेको छ । ओलीले संसदबाट कानुन बनाउनुको सट्टा अधिवेशन अन्त्य र संसद् भंग गरी अधयादेश ल्याएका थिए ।

सर्वोच्च अदालतले दोस्रोपटक पुनस्थापना गरेको प्रतिनिधिसभाको अधिवेशन देउवा नेतृत्वको सरकारले ३० दनमै अन्त्य गरिदिएको छ । संसद्को मुख्य काम देशलाई आवश्यक कानुन बनाउनु हो । एक वर्षयता एउटै कानुन बनेन तर यो अवधिमा संसदको तलबभत्तामा ३२ करोड खर्च भयो । संसद्मा ५५ वट विधेयक विभारधीन छन् ।

संसद् सचिवालयका अनुसार २०७७ असार १५ यता प्रतिनिधिसभाबाट कुनै पनि कानुन बनेका छैनन् । अन्तिम पटक असार १५ मा बजेटसहित ५ वटा विधेयक राट्रिपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन् ।

राष्ट्रिय सभाबाट उत्पति भएको विधेयक अन्तिम पटक २०७७ साउन १३ मा प्रमाणीकरण भएको थियो । त्यसयता कुनै पनि विधेयक प्रमाणीकरण गर्ने अवस्थामा पुगेकै छैन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आठानैं अधिवेशनको पहिलो बैठक साउन ३ गते आइतबार प्रारम्भ भई सोमबारसम्म ३० दिन चालु रहेको जानकारी गराए । प्रतिनिधिसभा विघटनको निर्णय बदर गरी असार २८ गते सर्वोच्च अदालतले पुनस्थापनाको फैसला गरेको थियो ।

यो अधिवेशनमा प्रतिनिधिसभाका १० वटा बैठक मात्र बसे । ती १० बैठकमा कुल २० घण्टा १५ मिनेट मात्रै प्रतिनिधिसभाले काम गर्‍यो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुका अलवा कुनै उल्लेख्य काम भएन । अधिवेशनको पहिलो बैठक साउन ३ गते बसेको थियो । त्यही बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए । विश्वासको मत लिनलाई प्रधानमन्त्रीसहित सत्तागठबन्धनलाई जति हतारो थियो अन्य विषयहरूलाई संसद्‌मा ल्याउन उनीहरूलाई फुर्सद भएन ।कान्तिपुर

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu