Connect with us
Kapilvast Forest

२० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याउने तयारी

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं – सरकारले आजै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याएमा दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको हो ।

विशेषगरी नेकपा एमालेलाई फुटाउन माधवकुमार नेपाल पक्षलाई सजिलो हुने गरी सरकारले अध्यादेश ल्याउन लागेको हो ।

यसअघि दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सङ्ख्या अनिवार्य हुने उल्लेख भएकोमा अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गर्ने सरकारको तयारी रहेको छ ।

यसैबीच नेकपा एमालेले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएमा त्यसको सशक्त प्रतिकार र खबरदारी गर्ने निर्णय गरेको छ ।

आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले सरकारले एमाले फुटाउने नियतले अध्यादेश ल्याउन लागेको भन्दै त्यसमा गम्भीर आपत्ति रहेको र अध्यादेश ल्याएमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।दल फुटाउने अध्यादेश ल्याउने तयारी गर्नु लोकतान्त्रिक विधि विपरीतको काम भएको एमालेको ठहर छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu