Connect with us
Kapilvast Forest

पत्रकारहरु सबल,सुदृढ र जिम्मेवार बनाउनुपर्नेमा जोड

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

 माधव बेल्बासे ,कपिलवस्तु– कोभिड(१९ ले पत्रकारलाई असर परेको भन्दै सबल,सुदृढ र जिम्मेवार बनाउनुपर्नेमा जोड दिइएको छ । चादनी नेपाल र पत्रकार महासंघ कपिलवस्तुको आयोाजनामा कोभिडका कारण संचारमाध्यम र संचारकर्मीलाई परेको असरको बारेमा छलफल कार्यक्रममा कोरोनाका कारण कतिपय संचारमाध्यम नै बन्द हुने अवस्थामा पुगेको जनाइएको छ ।

जिल्लाका संचारमाध्यम र पत्रकारहरुको अवस्थाको वारेमा पूर्व अध्यक्ष मनोज पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा कोरोना कारण संचारक्षेत्र पनि थलिएको बताइएको छ । जिल्लामा १० वटा रेडियो,एउटा टेलिभिजन,एउटा दैनिक पत्रिका,६ वटा साप्ताहिक र ९ वटा अनलाइन संचालनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

बिज्ञापन वाट हुने आम्दानी स्रोत बन्द भएको भन्दै पत्रकारहरुलाई संचालकहरुले पारिश्रमिक नदिने,बेतलवी विदा बस्न भन्ने लगाएतका समस्याहरु निम्तिएको पौडेलले बताउनुभयो । कपिलवस्तुमा पत्रकारीता इतिहासको वारेमा प्रष्ट पार्दै विपत्ती र चुनौतीको बेला पत्रकार र पत्रकारीता जगतलाई सबल,सुदृढ र जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेले कोरोनाका कारण विज्ञापनको बजार खुम्चिएको हुदाँ संचारकर्मीलाई समस्या परिरहेको बताउनुभयो । कतिपय संचार माध्यमकहरुले संस्था संचालनमा समस्या भएको भन्दै तलव नदिने,जागिर बाट निकाल्ने लगाएका काम गरेकोले त्यसमा पत्रकार महासंघले आपत्ति जनाउने बताउनुभयो ।

पाण्डेले पत्रकारीता क्षेत्रलाई मजवुद बनाउनुपर्ने बताउनुभयो । पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीले पत्रकारहरु अनुशासित हुनुपर्नेमा जोड दिनुभयो । कोरोना कारणले संचारमाध्यमलाई असर परेपनि कतिपयलाई भने अवसर प्राप्त भएको बताउनुभयो । पछिल्लो समय संचारमाध्यम संचालनको लागि स्रोतहरु बढि भएपनि व्यवस्थित संचारमाध्यम नहुदाँ समस्या भइरहेको बताउनुभयो ।

गिरीले कोरोनाका कारण थलिएका संचारमाध्यममा भविष्य नदेखेपछि कतिपय पत्रकाहरु पलाएन हुने अवस्था समेत सिर्जना भएको जनाउनुभयो । सामुदायिक रेडियो प्रशारक संघ अकोरावका प्रदेश अध्यक्ष राजु खरालले कोरोनाका कारण सामुदायिक रेडियोको अवस्था जटिल बनेको बताउनुभयो । बजारमा विज्ञापन अभाव हुदाँ रेडियो पत्रकारहरुलाई टिकाउन संकट उत्पन्न भएको जिकिर गर्नुभयो । प्रदेश,स्थानिय तहहरु सँग सहकार्य गरी संचारमाध्यमलाइ सबल बनाउन सकेमा पत्रकारहरुका समस्या हट्ने बताउनुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष डिलाराम भुसाल,मानवअधिकारकर्मी रवि ठाकुर लगाएतले कोरोना कारण संचार क्षेत्र समस्याको बारेमा बोलेका थिए । महासंघका जिल्ला अध्यक्ष किरणमान ब्रजाचायको अध्यक्षतामा जिल्लाको गोरुसिगेमा भएको कार्यक्रममा विभिन्न संचारमाध्यमका प्रमुख तथा प्रतिनिधिहरुको सहभागित रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu