Connect with us
Kapilvast Forest

सरकारको प्राथमिकतामा स्वास्थ्य क्षेत्र : प्रधानमन्त्री

२०७८, ३ भाद्र बिहीबारमा प्रकाशित

 

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले रेडियोलोजी तथा इमेजिङ क्षेत्रको समस्या समाधान गर्न सरकार प्रयासरत रहने बताउनुभएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार नेपाल रेडियोलोजिकल सोसाइटीको ध्यानाकर्षणपत्र बुझ्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । जनस्वास्थ्यसँग सम्बन्धित विषयलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउनुहुँदै प्रधानमन्त्री देउवाले रेडियोलोजी र इमेजिङ क्षेत्रको समस्यालाई समाधान गरिने बताउनुभयो ।

रेडियोलोजी तथा इमेजिङ क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको छाता सङ्गठन नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय रेडियोलोजी एण्ड इमेजिङ सेन्टर स्थापनाको मागसहित प्रधानमन्त्री देउवासमक्ष ध्यानाकर्षणपत्र बुझाएको हो । स्वास्थ्य क्षेत्रअन्तर्गत रेडियोलोजी र इमेजिङ क्षेत्रले विविध समस्याको सामना गर्न परिरहेको बताउँदै सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले यस क्षेत्रको समस्या र यसमा कार्यरत हजारौँ स्वास्थ्यकर्मीलाई सम्बोधन गर्न सेन्टर स्थापनाको मागसहित प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको बताउनुभयो ।
“प्रधानमन्त्रीले माग जायज छ, अब यस क्षेत्रलाई बेवास्ता गरिँदैन, सरकारले प्राथमिकतापूर्वक समस्या समाधान गर्ने बताउनुभयो”, अध्यक्ष झाले भन्नुभयो– “छुट्टै सेन्टर स्थापना भएपछि यस क्षेत्रका समस्या समाधान हुनसक्छ ।” सोसाइटीले सरकारी, गैरसरकारी तथा विभिन्न अस्पतालमा कार्यरत एउटै रेडियोग्राफी २४सै घण्टा बिनाकुनै प्रोत्साहन वा सुविधा काम गरिरहेको उल्लेख गर्दै यस क्षेत्रको नियमनका लागि सम्बन्धित विज्ञसहितको छुट्टै संरचना बनाउनुपर्नेलगायतका विविध माग सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu