Connect with us
Kapilvast Forest

माधव नेपालनिकट लुम्बिनीका सांसद तत्काल एमाले समाजवादीमा नजाने

२०७८, ३ भाद्र बिहीबारमा प्रकाशित

बुटवल-लुम्बिनी प्रदेश सभामा रहेका नेकपा एमालेका सांसदहरू माधवकुमार नेपालले खोलेको नयाँ दल नेकपा एमाले समाजवादीमा तत्काल नजाने भएका छन्।यसअघि नेता नेपाल पक्षमा रहेका प्रदेश सभा सदस्य विष्णु पन्थी र रमा घर्ती अहिले पर्ख र हेरको अवस्थामा रहनुभएको छ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश आएको छ।

तर लुम्बिनीका सांसदहरूले तत्काल दल परिवर्तन गर्ने अवस्था देखा परेको छैन। कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट निर्वाचित सांसद पन्थी २०७० देखि नै नेपाल पक्षमा हुनुन्छ । तर उहाँ पार्टी विभाजनको पक्षमा आफू नरहेको बताइरहनुभएको छ ।

‘म पार्टी विभाजनको पक्षमा छैन,’ उहाँले भन्नुभयो ‘कपिलवस्तुमा समानान्तर समिति अध्यक्ष भएर पनि काम गरेको हुँ। नेता नेपालले राखेका भेलामा पनि काठमाडौंमा म सहभागी थिएँ। तर म पार्टी विभाजनको पक्षमा छैन।’
उहााले एमालेभित्रै रहेर १० बुँदे सहमति कार्यान्वयन गर्न पहल गरिराख्ने बताउनुभयो । उहाँले आफूहरू विभाजन गर्ने पक्षधर नभएको बताउनुभएको छ । कार्यदलले बनाएको १० बुँदे कार्यान्वयन भए एमालेमै बस्ने उहाँले बताउनुभयो ।

अर्का सांसद रमा घर्तीले आफू विभाजनको पक्षमा नरहेको बताउनुभएको छ ।‘म पार्टी विभाजनको पक्षमा छैन। जनताका लागि राजनीतिक गरेकोले मुलधारको पार्टी र सूर्य चिन्ह छाड्न सक्दिनँ,’ उहाँले भन्नुभयो ।

उहाँले नेता नेपालले पार्टी दर्ता गर्न निवेदन दिए पनि अझै सहमति हुन सक्ने भन्दै केही दिन हेर्ने बताउनुभयो । ‘नयाँ दल दर्ता गरे पनि पार्टी एकता हुनेमा म विश्वस्त छु,’ उहाँले भन्नुभयो ।उहाँ पाल्पाबाट समानुपातिकतर्फ निर्वाचित हुनुभएको हो ।पन्थी र घर्ती नै पार्टी विभाजनको विपक्षमा रहेपछि नेता नेपालले नेतृत्व गरेको एमाले समाजवादीमा लुम्बिनीमा एक जना पनि सांसद नहुने अवस्था देखिएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu