Connect with us
Kapilvast Forest

अफगानिस्तानबाट सबै नागरिकको उद्धार भएपछि मात्रै अमेरिकी सेना स्वदेश फर्किने

२०७८, ३ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै नागरिकको उद्धार नभएसम्म अमेरिकी सैनिक अफगानिस्तानमा नै रहने बताउनु भएको छ ।

एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा उहाँले तोकिएको मितिभन्दा अगाडि आफ्ना नागरिकलाई उद्धार गर्न नसके त्योभन्दा पछिसम्म पनि अमेरिकी सेना अफगानिस्तानमा रहने बताउनु भएको हो ।

अमेरिकाले यसअघि अगस्ट ३१ तारिखसम्ममा अमेरिकी सेना फर्काइसक्ने घोषणा गरेको थियो । तर यो अवधिसम्म सबै नागरिकलाई फर्काउन नसके थप समय आफ्ना सेना अफगानिस्तानमा रहने बाइडेनले बताउनु भएको हो ।अफगानिस्तानमा अहिले पनि १० हजारदेखि १५ हजार अमेरिकी रहेको अनुमान छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu