Connect with us
Kapilvast Forest

बुद्धभुमी वडा न ३ मा महिलाहरुलाई ढकिया बनाउने तालिम

२०७८, ४ भाद्र शुक्रबारमा प्रकाशित

 न्युज सेन्टर नेपाल,चन्द्रौटा – कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा न ३मा परम्परागत सीप हस्तान्तरणका लागि महिलाहरुलाई ढकीया बनाउने तालिम सुरु भएको छ ।आदिबासी जनजाती थारु महिलाहरुलाई लोपहुदै गएको परम्परागत सामाग्रीको संरक्षणका बुद्धभुमी ३ मोर्मिमा “ ढकिया निर्माण सम्बन्धि ८ दिने तालीम“ आज देखि शुभारम्भ भएका हो।

ढकिया बनाएर बिक्री गरेर महिलाहरुले सजिलै आर्थिक उर्पाजन गर्न सक्ने भएकाले विपन्न महिलाहरुलाई सहभागी गराएर तालिम दिन सुरु गरिएको बुद्धभुमी नगरपालिका वडा न ३ का वडा अध्यक्ष आचार्यले बताउनुभयो ।

बिशेष गरि लोप हुन लागेका थारु सस्कृति र रितिरिवाजलाई जगेर्ना गर्न र ढकियालाई बुद्धभुमीकै पहिचानको रुपमा स्थापित गर्नका लागि तालिमको आयोजना गरिएको किर्डाक नेपालका सामुदायिक विकास अधिकृत अमर वि क ले बताउनुभयो ।तालिममा आदिबासी जनजातीतथा थारु १७ जना महिलाहरुको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

ढकिया वनाउने तालिमले थारु भाषीको पहिचानको लागि बजार पुर्याएर अर्थिक उपार्जनमा सघाउने कार्यक्रमको अध्यक्षता गर्नु भएकि जन ज्योति किशोर किसोरी संम्वाद क्लवकि अध्यक्ष समिक्षा थारुले बताउनुभयो ।

कार्यक्रम बुद्धभुमी नगरपालिका वडा न ३का वडा अध्यक्ष विकाश आचार्य प्रमुख अतिथि रहेको कार्यक्रममा,जन ज्योति किशोर किसोरी संम्वाद क्लवकि अध्यक्ष समिक्षा थारुको अध्यक्षतामा सुुरु भएको तालिम भदौ ११ गते सम्म सञ्चालन हुने छ ।
तालिम किर्डाक नेपालको सहयोग, बुद्धभुमी वडा न ३ को समन्वय र उदय स्वावलम्वन समुहको आयोजनामा शुभारम्भ भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu