Connect with us
Kapilvast Forest

बुद्धभुमीमा निशुल्क आँखा शिविर ८७ जना लाभान्वित

२०७८, ५ भाद्र शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल ,चन्द्रौटा –कपिलवस्तुुको बुद्धभुमी नगरपालिकाको आर्थिक सहयोग र नेपाल नेत्र ज्योती संघ छ्न्द(काले बाबू ) नारायणी आँखा अस्पतालको प्राबिधिक सहयोगमा साप्ताहिक आँखा उपचार सेवा आज बाट बुद्धभुमी नगरपालिकामा सुरु भएको छ ।  आजबाट संचाति आखाँ  शिविरमा ८७ जना बिरामीको आँखा परिक्षण गरिएकोमा १३ जनामा मोतीया बिन्दु देखा परेको छ ।

शिवीरमा निशुल्क परिक्षण सगै औषधी समेत उपलब्ध गराईएको थियो । शिविरमा पत्ता लागेका मोतियाबिन्दुका बिरामीलाई आँखा अस्पतालले निशुल्क शल्यक्रिया  सेवाको लागि छ्न्द(काले बाबू ) नारायणी आँखा अस्पताल बहादुरगंन्ज रिफर गरीएको छ्न्द(काले बाबू ) नारायणी आँखा अस्पताल बहादुरगंन्जका बाहय कार्यक्रम संयोजक डा. उपेन्द्र चन्दले जानकारी दिनुभयो ।

आज देखि सञ्चालनमा आएको निशुुल्क आँखा शिविर कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले सम्बन्धी समस्या भएका नगरवासिलाई उपचारका लागि आउन आग्रह भएको छ ।साथै आखा जाचका गरेपछि अप्रेशन गर्नुपरे नगरपालिकाले निुशल्क अप्रेशन गर्ने समेत ब्यवस्था मिलाएको मेयर श्रेष्ठले बताउनु भयो ।

आखाँ उपचारका लागि मंहगो खर्चेर ठूला सहर धाउनुपर्ने बाध्यता हटेको सुनाउँदै नगर परिसरमै स्वास्थ्य उपचारका शिविर सञ्चालनमा ल्याएको हुँदा नगरवासिहरुलाइ उपचारमा सहयोग पुग्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले बताउनुभयो ।नगरपालिकाले प्रत्येक शनिबार नगरपालिकाको कार्यालय परिसरमै निशुल्क आँखा जाचको ब्यवस्था मिलाएपछि नगरबासी खुशी भएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu