Connect with us
Kapilvast Forest

शिवराजमा निशुल्क आँखा शिविर संचालन ३९ जना लाभान्वित

२०७८, ५ भाद्र शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल ,चन्द्रौटा –कपिलवस्तुुको शिवराज नगरपालिकाको आर्थिक सहयोग र नेपाल नेत्र ज्योती संघ छन्द(काले बाबू ) नारायणी आँखा अस्पतालको प्राबिधिक सहयोगमा साप्ताहिक आँखा उपचार सेवा आज बाट शिवराजमा नगरपालिकामा सुरु भएको छ ।

आज बाट संचाति आखाँ शिविरमा आज शिवराजामा ३९ जना बिरामीको आँखा परिक्षण गरिएकोमा १० जनामा मोतीया बिन्दु देखा परेको छ ।
शिवीरमा निशुल्क परिक्षण सगै औषधी समेत उपलब्ध गराईएको थियो । शिविरमा पत्ता लागेका मोतियाबिन्दुका बिरामीलाई आँखा अस्पतालले निशुल्क शल्यक्रियाको सेवाको लागि छन्द(काले बाबू ) नारायणी आँखा अस्पताल बहादुुरगंन्ज रिफर गरीएको छ्न्द(काले बाबू ) नारायणी आँखा अस्पताल बहादुुरगंन्जका बाहय कार्यक्रम संयोजक डा. उपेन्द्र चन्दले जानकारी दिनुभयो ।

आज देखि सञ्चालनमा आएको निशुुल्क आँखा शिविर कार्यक्रममा बोल्दै नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिारीले नगरमा रहेका गरिब, दलित र बिपन्न परिवारलाई सेवा प्रवाह गर्ने उद्धेश्यले आँखा शिविर सञ्चालन गरिएको बताउनुभयो ।

सम्बन्धी समस्या भएका नगरवासिलाई उपचारका लागि आउन आग्रह गर्नु भएको छ ।साथै आखा जाच गरेपछि अप्रेशन गर्नुपरे नगरपालिकाले निुशल्क अप्रेशन गर्ने ब्यवस्था समेत मिलाएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।

आखाँ उपचारका लागि मंहगो खर्चेर ठूला सहर धाउनुपर्ने बाध्यता हटेको सुनाउँदै नगर परिसरमै स्वास्थ्य उपचारका शिविर सञ्चालनमा ल्याएको हुँदा नगरवासिहरुलाइ उपचारमा सहयोग पुग्ने उहाँको विश्वास छ । निशुल्क आँखा जाचको ब्यवस्था मिलाएपछि नगरबासी खुशी भएका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu