Connect with us
Kapilvast Forest

भिडभाड नगरि औपचारिकतामा मात्रै चाडपर्व मनाउनुस् : गृह मन्त्रालय

२०७८, ६ भाद्र आईतवारमा प्रकाशित

  काठमाठडौं– गृह मन्त्रालयले चाडपर्व मनाउँदा भिडभाड नगरि स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सांस्कृतिक रूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन आग्रह गर्दै दैनिक आवश्यक वस्तु खरिद/बिक्री गर्दा पनि भिडभाड नगर्न आग्रह गर्नुभएको छ ।

अब विभिन्न चाडपर्व तथा जात्रा नियमित आउने र यस्ता चाडपर्वमा हुने भेटघाट र भिडभाडले कोरोना भाइरस फैलाउन सक्ने भएकले सचेत हुनुपर्ने मन्त्रालयका प्रवक्ता पाेखरेलले बताउनुभयो ।

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिने गरी काम गराउन भनेको छ । अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले स्थानीय प्रशासनले अवस्थाअनुसार भिडभाड रोक्ने भूमिका खेल्न सक्ने प्रवक्ता पोखरेलले बताउनुभयो ।

यस्तै जिल्ला प्रशासन कार्यालय काठमाण्डौले अहिले पनि कोरोना सङ्क्रमण बढिरहेकाले जनैपूर्णिमासँगै सोमवार हुने गाईजात्रा भिडभाड नगरि मनाउन अनुरोध गरेको छ ।

निषेधाज्ञाका बेलामा पनि ठाउँ–ठाउँका व्यापारिक केन्द्र, मठमन्दिर र सार्वजनिक क्षेत्रमा भिडभाड हुने गरेकाले कोरोनाको जोखिम बढ्दो देखिन्छ । आज जनैपूर्णिमाका दिन विभिन्न मन्दिरमा मानिसको भिड थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu