Connect with us
Kapilvast Forest

मुख्यमन्त्री केसीले मागे विश्वासको मत, एमालेद्वारा प्रदेशसभा बहिस्कार

२०७८, ७ भाद्र सोमबारमा प्रकाशित

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत माग गर्नु भएको छ । सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत दिन आग्रह गर्नु भएको हो ।उहाँले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ ।

 

कर्ट्सीकै लागि भए पनि शुभकामना प्राप्त होला भन्ने ठानेको थिएँ’ उहाँले भन्नुभयो , ‘यति पाको राजनीतिक पार्टी राम्रै संस्कार होला भन्ने थियो । सत्ता बहिर्गमनको आक्रोश भए पनि आन्दोलनको सहयात्री हुनुको नाताले कर्टसीकै रुपमा भए पनि अगाडि बढाउनुपर्थ्यो ।’

उहाँले सत्तामा रहने र प्रतिपक्षमा रहने सामान्य प्रक्रिया रहेको भन्दै उहाँले संसदीय प्रक्रियालाई अवरुद्ध गर्न नहुने बताउनुभयो ।

तर नेकपा एमालेले भने सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही नगरेसम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने बताएको छ । त्यसै अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेका कोही पनि सांसद सहभागी भएनन् ।

एमालेले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे आफूहरुलाई जानकारी नभएको बताएको छ । एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले भन्नुभयो ‘हामीले हाम्रो कुरा प्रदेशसभाको बैठकमा नै राखेका छौं, उहाँहरुले त्यसपछि सल्लाह गर्नुभएको छैन ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu