Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाउनुभयो विश्वासको मत

२०७८, ७ भाद्र सोमबारमा प्रकाशित

रुपन्देही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । एमालेको बहिष्कारपछि पनि चलेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले ४२ मत पाउनुभएको छ ।

विश्वासको मत पाउन ४१ मत आवश्यक पर्छ । विपक्षमा कुनै पनि मत खसेको छैन ।  आजको बैठक एमालेले भने बहिष्कार गरेको  छ । सांसद अजय शाही र विमला वली एमालेकै सांसद भएको र उनीहरूलाई एमालेले कारबाही गरे पनि सभामुखले पदमुक्तको सूचना ननिकालेको भन्दै एमालेका सांसदहरूले आजको पहिलो बैठक नाराबाजी गर्दै बैठक अवरोध गरेका थिए ।

तर आजको दोस्रो बैठक र तेस्रो बैठक एमालेले बहिष्कार गरेको छ । तेस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनुभएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu