Connect with us
Kapilvast Forest

घरायसी विवादमा छोराबाटै बुवा र श्रीमतीको हत्या

२०७८, ८ भाद्र मंगलवारमा प्रकाशित

death

 

जनकपुरधाम – घरायसी विवादले उग्ररुप लिएपछि छोराबाटै आफ्ना बुवा र श्रीमतीलाई निर्मम हत्या गरिएको घटना सार्वजनिक भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका( ५ ललियाका ३० वर्षीय भागेश्वर मण्डलले आफ्नो बुवा ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती २१ वर्षीया अम्बिका मण्डलको हत्या गरी शव आँप गाछीमा खाडल खनि गाडेको अवस्थामा फेला परेको छ ।

घरबाट रामवृक्ष र बुहारी अम्बिका एक्कासी बेपत्ता भएपछि स्थानीयवासीहरुले खोजतलास गरेका थिए । सोही क्रममा गाउँकै आँप बगैचामा खाडल खनि पुरेको र त्यो वरिपरि रगत लागेको देखेपछि प्रहरीलाई जानकारी गराएको धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिनु भयो ।

‘स्थानीयबाट जानकारी आएपछि हामीले निजका छोरालाई पक्राउ गर्यौं अनि खाडल उत्खनन गर्दा शप पनि भेटिएको छ,ु उपरीक्षक रानाभाटले भन्नु भयो , ‘बुवा र श्रीमतीसँग छोराको पटक पटक विवाद हुने गरेको थियो। यसै क्रममा सोमबार राति एक बजेतिर बुवालाई काठको मुंग्रोले हिर्काएर र श्रीमतीलाई घाँटीमा डोरीले बाँधेर मारेको र पछि खाल्डो खनि गाडेको आरोपित छोराले प्रहरीसमक्ष स्वीकार गरिसकेका छन् ।’

बुवा र श्रीमतीको हत्या आरोपित मण्डल विगत दश वर्षदेखि वैदेशिक रोजगारीको क्रममा घर बाहिर बस्दै आएका थिए । चार वर्ष अगाडि घर फर्केर विवाह गरेका मण्डल विवाहहेपछि फेरी पनि वैदेशिक रोजगारकै लागि कतार गएका थिए ।

गत चैत्र महिनामा कतारबाट फर्केर घर आएका उनले पाँच महिना घर बस्दा बुवा र श्रीमतीसँग निकै विवाद हुने गरेको छिमेकीहरु बताउँछन् । सोही विवादले हत्याको रुप लिएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

मृतक ससुरा र बुहारी बीच के कस्तो सम्बन्ध थियो र मण्डलले उनलाई हत्या गर्न किन विवश भए भन्ने बारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रानाभाटले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu