Connect with us
Kapilvast Forest

कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितिमा नै लिने व्यवस्था गर्न संसदीय समितिकाे निर्देशन

२०७८, ८ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौ – संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक उपस्थितिमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको आज मङ्गलवारकाे बैठकले विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गरी कक्षा १२ को परीक्षा लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो ।

समितिले कोरोना खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था विद्यार्थीहरूमा आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सचेत समेत गराएको छ ।

समितिले ट्युशन शुल्क मात्रै लिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई परीक्षा दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले समितिले दिएको निर्देशनअनुसार कक्षा १२ को परीक्षाको व्यवस्था मिलाउन ढिलाइ नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भौतिक उपस्थितिमा कक्षा नभएकाले इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले अनलाइन ‘फी’ मात्रै तिरेर परीक्षा लिने व्यवस्था मिलाउन पनि तत्काल सरोकारवाला निकायसँग छलफल गर्ने समितिलाई जानकारी गराउनुभयो । इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले अनलाइन फी मात्रै तिरेर आफूहरूले परीक्षा दिन पाउने व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu