Connect with us
Kapilvast Forest

नेपाल पक्षीय १० स्थायी कमिटी सदस्य एमाले स्थायी कमिटी बैठकमा सहभागी

२०७८, ८ भाद्र मंगलवारमा प्रकाशित

 

काठमाडौं -नेकपा एमालेका १० जना स्थायी कमिटी सदस्यहरु झण्डै ६ महिनापछि पार्टी बैठकमा उपस्थित हुनु भएको छ ।लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका नेताहरु २३ फागुनमा पुनर्स्थापित एमालेको स्थायी कमिटीमा पहिलो पटक सहभागी हुन लाग्नु भएको हो ।

 

स्थायी कमिटी बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बोलाइएको छ । बैठकमा सहभागी हुन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त र आमन्त्रित सदस्य एवं अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहरा पुगिसक्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu