Connect with us
Kapilvast Forest

अवसरवादको आयु लामो हुँदैन:झलनाथ खनाल

२०७८, ८ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं – भारतमा उपचाररत नेता झलनाथ खनालले टेलिफोनमार्फत प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नु भएको छ ।त्यसक्रममा उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मात्र होइन, माधवकुमार नेपाल समूहलाई छाडेर एमालेमै फर्किएका दोस्रो तहका नेताहरुको चर्को आलोचना गर्नु भएको छ ।

 

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले स्थायी कमिटीका धेरै सदस्यलाई मध्यपन्थले अल्झाएको बताउनु भयो । ‘मध्यपन्थ भनेको पनि अवसरवादकै एउटा रुप हो । यसले अन्तिम विश्लेषणमा दक्षिणपन्थलाई नै सघाउँछ र मध्यपन्थको आयु लामो हुँदैन ।’

स्थायी कमिटीका नेताहरु एमालेमा फर्किएको तर्फ संकेत गर्दै खनालले केन्द्रमा देखिएको मध्यपन्थ करिव करिव अन्त्य भएको बताउनु भयो । उहाँले अघि भन्नु भयो , ‘अब प्रदेशमा होस् वा जिल्लामा होस्, मध्यपन्थका बीऊहरु देखा पर्नेछन् ।’

त्यसलाई चिर्न दक्षिणपन्थी अवसरमाथि वैचारिक, राजनीतिक, संगठनात्मक र कायशैलीगत हमला गर्न सक्नुपर्ने उहाँले बताउनु भयो । खनालले अघि भने, ‘कहिलेकाहीँ मिराकल हुन्छ । वर्षदिन नपुग्दै एउटा विशाल पार्टीले आकार लिनसक्छ, तर यसका लागि सशक्त वैचारिक राजनीतिक प्रवाह सिर्जना गर्न सक्नुपर्छ ।’अस्पतालको शय्याबाटै सम्बोधन गरेका खनालले आफू आउँदो सोमबार काठमाडौं आइपुग्ने समेत जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu