Connect with us
Kapilvast Forest

नेप्सेको साउदद्वारा राजीनामा

२०७८, ८ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का प्रमुख कार्यकारी अधिकृत ९सीईओ० चन्द्रसिंह साउदले राजीनामा दिनु भएको छ ।सर्वोत्तम सिमेन्टको ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिनु भएको थियो ।

मंगलबार अर्थ मन्त्रालयमा नेप्सेका अध्यक्ष दीर्घराज मैनालीको उपस्थितिमा उनले राजीनामापत्र बुझाउनु भएको छ ।मैले कुनै पदीय मर्यादा विपरीत काम गरेको छैन, विवादमा परेको सेयर पनि कानुनअनुसार नै किनेको हो,’ राजीनामा बुझाएपनि अनुसन्धानलाई सहयोग पुर्‍याउनका लागि मैले पद छाडेको हुँ उहाँले भन्नु भयो ।’

मन्त्रालयले समेत साउदलाई स्पष्टीकरण सोधेको थियो । संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको थियो ।

नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सेयर किनिएको भन्दै सांसदहरूले छानबिन भएर दोषीमाथि कडा हुनुपर्ने बताउँदै आउनु भएको छ ।साउदको कार्यकाल करिब २ महिना मात्रै बाँकी थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu